काठमाडौं । नेपाल राष्ट्र बैंकले १ अर्ब १० करोड रुपैयाँ बराबरको रकम बैंक तथा वितीय संस्थामा मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकको कर्मचारी सुरकक्षण कोषमा रहेको रकम लागानी गर्नु परेको ले इच्छुक बैंक तथा वितीय संस्थालाई सहभागिताको लागि आग्रह गरेको हो ।
राष्ट्र बैंकका अनुसार मार्च १९, २०२६ देखि मार्ज १९ , २०२७ सम्म ३ सय ६६ दिनको मुद्दती निक्षेपमा उक्त रकम लगानी गर्न लागिएको हो । राष्ट्र बैंकले यही चैत १ गतेभित्र निवेदन दिन आह्र हरेको छ । राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा ८८ करोड , ‘ख’ वर्गका विकास बैंकमा ५ करोड ५० लाख र ‘ग’ वर्गका वित्त कम्पनीमा ६ करोड ५० लाख रुपैयाँ लगानी गर्नेछ ।
बैंकबाट तोकिएको न्यूनतम कुल पुँजीकोष कायम रहेको र निष्क्रिय कर्जा सापटीको आठ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात तीन प्रतिशत ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ । आफूले लिन चाहेको रकम र ब्याजदरसमेत प्रस्ताव गरी आवेदन दिन केन्द्रीय बैंकले सूचनामार्फत आग्रह गरेको छ ।


