CLI

नयाँ सरकारको पखाईमा अर्थ मन्त्रालय, चाहना उदार अर्थतन्त्रको

काठमाडौं । प्रतिनिधि सभा निर्वाचन तथा मतपरिणमा सम्पन्न भइसकेको अवस्थामा मन्त्रालय तथा तिनका अधिकारीहरु भने निर्वाचनबाट आउने सरकारको पखाईमा रहेको छ । निर्वाचनबाट पहिलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र प्रधानमन्त्रीको प्रत्यासी बालेन्द्र साह (बालेन) रहेका अवस्थामा मन्त्रालय तथा तिनका अधिकारीहरु काम अघि बढाउनका लागि नयाँ सरकारको पखाईमा रहेका हुन् ।

सोही क्रममा अर्थ मन्त्रालयले आफनो दैनिक कामकारबाही अघि बढाएको छ भने नीतिगत तथा कानुनी कामहरु भने थाती राखेको छ । मन्त्रालयका प्रवक्ता टंक प्रसाद पाण्डेयका अनुसार नीतिगत तथा कानुनी कामहरु हालको सरकारलाई अधिकार नभएको हुँदा चुनावबाट बन्ने निर्वाचनको पखाईमा रहेको हो । मन्त्रालयको दैनिक कामकारबाही तथा बजेट निर्माण प्रक्रिया पनि अघि बढेको मन्त्रालयका अधिकारीहरु बताउछन् । दैनिक तथा प्रशासनिक कामकारबाही अघि बढाइरहँदा भने बजेट निर्माण अलि ढिलो गरिएको छ । नयाँ सरकारले बजेटमा के कस्ता कार्यक्रम राख्न चाहन्छ ? त्यो विषयमा अनभिज्ञ हुँदा बजेट निर्माण कार्य अलि ढिलो भएको अधिकारीहरु बताउछन् । नयाँ सरकारको आफनो कार्यक्रमहरु होला, घोषणापत्रमा जारी गरिएको कार्यक्रम राख्ने हुन सक्छ त्यसैले गर्दा बजेट निर्माणमा ढिलाई हुन पुगेको मन्त्रालयमा अधिकारीहरु बताउछन् ।

मन्त्रालयका अधिकारीहरु भने नयाँ सरकारको साथमा हिड्ने बताउछन् । करिब दुई तिहाई बहुमत नजिक रहेको सरकार बन्ने अवस्था रहेको छ यो नेपाल र नेपालीको लािग विकास गर्ने अवसर पनि भएको मन्त्रालयका एक उपसचिवले बताए । बलियो सरकार भएको हुँदा अबको अवस्थामा उदार अर्थतन्त्र आवश्यक रहेको ती उपसचिवले बताए । नयाँ सरकारले उदार अर्थतन्त्रको नीति लिएर निजी क्षेत्रको लागि उपयुक्त वातवारण बनाइ दिएमा आर्थिक सफलता मिल्ने उनको भनाई छ । अब बन्ने सरकारले निजी क्षेत्र र विदेशी लगानीका लागि उपयुक्त वातावरण जस्तो सडक, उद्योगका लागि जमिन, गोदाम, बिजुली, पानी , सुरक्षा लगायतका व्यवस्था गरेमा अर्थतन्त्रले फड्को मार्न सक्छ,’ ती उपसचिवले भने,‘ अबका दिनमा सरकारले उद्योग तथा व्यवसाय सञ्चालन गर्नु भन्दा त्यसको जिम्मेवारी पूर्ण रुपमा निजी क्षेत्रलाई दिएर त्यसलाई सहयोग र राजस्व संकलन तथा सहयोग गर्नु आवश्यक छ।’

मन्त्रालयका अधिकारीहरुका अनुसार हाल उर्जा संकट तथा समस्या विश्वलाई समस्या भएको अवस्थामा नेपाल र नेपालका छिमेकीमुलुकहरुमा विजुली निर्यात गरी त्यसबाट फाइदा लिन सकिने छ । हाल बंगलादेशमा भएको उर्जा संकट नेपालले विजुली निर्यात गरेर आफूले फाइदा लिन सक्ने छ उनीहरुको भनाई छ । त्यसैले गर्दा अब उदार अर्थतन्त्रको निजी लिर्दै निजी क्षेत्रलाई अघि बढाउनु बाहेक विकल्प नरहेको मन्त्रालयका अधिकारीहरुको भनाई छ । अर्थविद् डा. केशव आचार्य पनि बलियो सरकार आउन लागेको समयमा निजी क्षेत्रलाई धेरै प्रोत्साहन गर्नुपर्ने बताउछन् । उदार अर्थतन्त्रको नीति लिएर स्वदेशी तथा विदेशी निजी क्षेत्रलाई आर्कषित गर्न सकेमा मुलुकको अर्थतन्त्र फेरिने आचार्यले बताए । उनले जलविद्युत क्षेत्रमा मात्र लगानी गर्न सके देशले मुहार फर्ने दाबी गरे । हाल सुशीला कार्की नेतृत्वको अन्तिरम सरकारको मुख्य काम भने निर्वाचन गर्नु रहेको थियो जुन सफलरुपमा सम्पन्न भएको छ । भदौ २३ र २४ पछिको अवस्था पछि बनेको कार्की नेतृत्वको सरकार काुननीगत काम गर्ने भन्दा पनि दैनिक प्रशासनिक काम र मुख्य रुपमा निर्वाचन गराउन बनेको हो ।

Leave Your Comment

Related News