CLI

सोलु हाइड्रोपावरको सेयर नेप्सेमा सूचीकृत, ओपनिङ रेन्ज कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सोलु हाइड्रोपावर लिमिटेडको सेयर सूचीकृत भएको छ । बिहीबार नेप्समा कम्पनीको १० करोड कित्ता सेयर सूचीकृत भएको हो । कम्पनीले सर्वसाधारणमा जारी गरेको २ करोड कित्ता साधारण सेयर र संस्थापक समूहको  ८ करोड कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

पहिलो कारोबारको लागि नेप्सेले कम्पनीलाई १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपनिङ रेञ्ज प्रदान गरेको हो ।सो रेञ्जका आधारमा कम्पनीको पहिलो कारोबार हुनेछ । नेप्सेले कम्पनीलाई ‘SOHL’ सिम्बोल दिएको छ ।

 

Leave Your Comment

Related News