काठमाडौं । धनुषा–१ मा रास्व्पाबाट उम्मेदवार रहेका किशोरी साह कमलको रिटमा सुनुवाइ सकिएको छ । साहले आफ्नो उम्मेदवारी खारेज गरेको भन्दै निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उक्त रिटमा आज सर्वोच्च अदालतका न्यायाधीश सारंगा सुवेदी र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासमा सुनुवाई भएको हो ।
यही मुद्दामा फागुन २५ गते न्यायाधीश नृपध्वज निरौलाको इजलासले कारण देखाऊ आदेश जारी गरेको थियो । निर्वाचन आयोगले भने यो क्षेत्रमा नेकपाका मात्रिका प्रसाद यादवलाई विजयी भएको प्रमाणपत्र प्रदान गरेको छ । आज आउने फैसलाले मात्रिकाको सांसद पद रहने वा नरहने तय गर्नेछ ।


