काठमाडौं । विकास बैंकहरुले ७ महिनामा ४ अर्ब रुपैयाँ भन्दा धेरै नाफा कमाएका छन् । चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा विकास बैंकहरुले ४ अर्ब १ करोड ३३ लाख नाफा कमाएका हुन् । यो गत वर्षको सोही अवधिमको तुलनामा ५७.५७ प्रतिशत धेरै हो । गत वर्षको सोही अवधिमा यी बैंकहरुले २ अर्ब ५४ करोड मुनाफा आर्जन गरेका थिए ।
नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार मुक्तिनाथ विकास बैंकले सबैभन्दा धेरै नाफा कमाएको छ । यस विकास बैंकले ७ महिनामा ८२ करोड १५ लाख नाफा आर्जन गरेको छ । यो गत वर्षको भन्दा ३०.५० प्रतिशत धेरै हो ।
गरिमाले ७७ करोड ९४ लाख, शाइन रेसुंगाले ५१ करोड ८२ लाख, कामना सेवाले ४७ करोड ६० लाख, ज्योति विकासले ३८ करोड ५६ लाख, सांग्रिला डेभलपमेन्टले ३५ करोड ७६ लाख, महालक्ष्मी विकासले २८ करोड ३४ लाख र लुम्बिनी विकास बैंकले २६ करोड ४८ लाख नाफा कमाएको छ ।
१७ विकास बैंकहरुमध्ये ४ वटाले घाटा व्यहोरेका छन् । कर्पोरेट डेभलपमेन्ट, सालपा, सिन्धु र नारायणी डेभलपमेन्टले घाटा व्यहोरेका हुन् ।



