CLI

आइतबारका लागि सारियो रास्वपा सचिवालय बैठक

काठमाडौं । शनिबार बस्ने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आइतबारका लागि सारिएको छ।

रास्वपाका प्रवक्ता मनिष झाका अनुसार पार्टी सभापति रवि लामिछानेको निर्देशनबमोजिम सचिवालय बैठक चैत १ गते आइतबार राखिने भएको हो।

सचिवालय बैठक आइतबार बिहान १० बजे पार्टीको केन्द्रीय कार्यालय (वनस्थली, काठमाडौँ) मा बस्ने उनले बताए।

उनका अनुसार बैठकको कार्यसूचीमा समानुपातिक सांसद सिफारिस र विविध छन्।

निर्वाचन आयोगले तोकिएको सिट संख्याका आधारमा ३ दिनभित्र समानुपातिक सांसदका लागि नाम छनोट गरी पेस गर्न भनी गत बिहीबार दलहरूलाई पत्र पठाएको छ।

यही फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्ष १२५ र समानुपातिक ५७ गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १८२ सिट जितेर एक्लै सरकार गठन गर्दै छ।

Leave Your Comment

Related News