काठमाडौं । सरकारले लक्ष्यको ५१ प्रतिशत राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को नौ महिनामा सरकारले कुल ७ खर्ब ५१ अर्ब ८५ करोड रुपैयाँ राजश्व संकलन गरेको छ । जुन रकम लक्ष्यको ५०.८० प्रतिशत हो ।
सरकारले चालु आर्थिक वर्षका लागि १४ खर्ब ८० अर्ब रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएको छ । जस अनुसार फागुनसम्मको लक्ष्य ९ खर्ब १० अर्ब २ करोड रुपैयाँ राखिएको थियो ।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा सरकारले १४ खर्ब १९ अर्ब ३० करोड रुपैयाँ वार्षिक राजस्व लक्ष्य लिएको थियो । फागुनमसान्तसम्म ७ खर्ब २९ अर्ब ६५ करोड रुपैयाँ संकलन भएको थियो ।
अर्थ मन्त्रालयका अनुसार फागुन महिनामा मात्रै ८२ अर्ब ५२ करोड ७२ लाख रुपैयाँ संकलन भएको छ । यस महिना ९६ अर्ब ५७ करोड २१ रुपैयाँ लक्ष्य राखिएको थियो ।
आर्थिक वर्ष २०८१/८२ को फागुन महिनामा ७८ अर्ब ७४ करोड ९२ लाख रुपैयाँ राजश्व संकलन भएको थियो ।


