काठमाडौं । जेनजी आन्दोलनबारे जाँचबुझ आयोगले बुझाएको प्रतिवेदनपछि पहिलोपटक मन्त्रिपरिषद् बैठक बसेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार अपराह्न बैठक सुरु भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक केहीबेरअघि सुरु भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। जेनजी आन्दोलनसँग सम्बन्धित घटनाबारे गठित जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझाएपछि बसेको यो पहिलो मन्त्रिपरिषद् बैठक हो।
बैठकमा आयोगले तयार पारेको प्रतिवेदनमाथि छलफल हुने जनाइएको छ। प्रतिवेदन औपचारिक रूपमा मन्त्रिपरिषद्मा पेश गरी त्यसको कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाउने तयारी रहेको सरकारी स्रोतले जनाएको छ।
पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित तीन सदस्यीय आयोगले गत फागुन २४ गते प्रधानमन्त्रीसमक्ष प्रतिवेदन बुझाएको थियो। प्रतिवेदन बुझाएपछि करिब एक सातासम्म अध्ययन गरी आइतबार मन्त्रिपरिषद् बैठकमा छलफलका लागि ल्याइएको हो।
यद्यपि आयोगले तयार पारेको प्रतिवेदन हालसम्म सार्वजनिक गरिएको छैन। प्रतिवेदन पूर्णरूपमा सार्वजनिक गर्न विभिन्न पक्षबाट दबाब बढ्दै गएको छ।


