CLI

कांग्रेसले टुंगो लगायो समानुपातिक सांसदहरूको नाम, १५ जना महिला

काठमाडौं । नेपाली कांग्रेसले समानुपातिक सांसदहरूको नाम टुंगो लगाएको छ । आइतबार बसेको बैठकले १५ महिला र ५ पुरुष समानुपातिक सांसदहरूको नाम फाइनल हो ।

कांग्रेसले प्रत्यक्षमा १८ र समानुपातिकमा २० सीट जितेको छ । यस्तै राष्ट्रिय सभामा कांग्रेसका २४ जना सांसद छन् । उनीहरूमध्ये ३३ प्रतिशत अर्थात् २१ जना महिला प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने हुन्छ । उक्त संख्या पुर्याउनका लागि समानुपातिकबाट १५ जना महिला छनौट गरेको हो ।

जहाँ आदिवासी जनजातिबाट ६ जना, खस आर्यबाट ६ जना तथा थारु, दलित, मधेसी, मुस्लिम र पिछडिएको गरेर कुल ५ जना सांसदको चयन गरिएको छ ।

Leave Your Comment

Related News