CLI

सिमकोटमा खानेपानीको अभाव

हुम्ला। हुम्ला सदरमुकाम सिमकोट बजार तथा आसपासका क्षेत्रमा दुई सातादेखि खानेपानीको अभाव भएको छ । यस वर्ष हिमपात नहुँदा खानेपानीका मूल सुक्न थालेपछि खानेपनीको अभाव भएको हो ।

सिमकोट तल्लो गाउँका बासिन्दा करिब तीन घण्टा हिँडेर पिनारा मूलबाट पानी ल्याउन बाध्य भएका स्थानीय बताउँछन् ।

सिमकोट गाउँपालिका-४ बुराउँसेस्थित ठाँडाढुंगाकाे केउकेउ मूलबाट ल्याइएको पानी भण्डारण गर्ने ट्यांकी नभरिएपछि पानीको अभाव भएको स्थानीय नैनसिंह रावतले बताए ।

नाम्खा गाउँपालिका-१ मा पर्ने ताङिन खोलाबाट बृहत् खानेपानी आयोजना सञ्चालनमा ल्याइए पनि उक्त ठाउँको बीचबीचमा बरफ जमेपछि पानीको संकट देखा पर्न थालेको उनको भनाइ छ ।

पहिले करिब १० फिटसम्म हिमपात भए पनि खानेपानीको अभाव नहुने बताउँदै रावतले यस वर्ष खडेरीले गर्दा जिल्लाभरिका अधिकांश मूल सुक्न थालेकाले खानेपानीको समस्या भएको बताए ।

Leave Your Comment

Related News