काठमाडौं । अमेरिका इजरायल र इरानबीचको द्धन्द्धका कारण भारतमा ग्यास अभाव हुन थाले सँगै त्यसको विकल्पमा मट्टितेल बाँडन् थालेको छ । द्धन्द्धका कारण भारतमा ग्यास र पेट्रोलियम पदार्थको अभाव हुन थाले सँगै भारत सरकारले मट्टितलेको विकल्प अघि सारेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
भारत सरकारले खाना पकाउन र बत्तीको समस्या नहोस् भन्ने उद्देश्यले ४८ हजार किलो लिटर भन्दा बढी मट्टितेल बिक्री वितरण गर्न लागेको हो । भारतीय सरकारले मट्टितेल कसरी वितरण गर्छ ? भन्ने प्रमुख समस्याको रुपमा रहेको मिडियाहरुले उल्लेख ग रेका छन् । सन् २०२० देखि भारत सरकारले मट्टितेल बिक्री वितरण बन्द गरेको थियो ।
यसअघि मट्टितेल बिक्री गर्दै आएका पुराना बिक्रेताहरुले अब मट्टितेल वितरण समस्या हुने बताएका छन् । भारत केन्द्र सरकारले प्रदेश र जिल्लाले मट्टितेल वितरणको लागि विभिन्न वितरण स्थान तय गरी काम गर्न निर्देशन दिएको छ । सार्वजनिक वितरण प्रणालीमार्फत् प्रदेश र जिल्लाहरुले स्थान तय गरी ४८ हजार किलो लिटर मट्टितेल वितरण गर्न संघले निर्देशन दिएको छ ।


