काठमाडौं । दुबई सिभिल एभिएसन अथोरिटीले सुरक्षा सावधानीका रूपमा दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा सबै उडानहरू अस्थायी रूपमा स्थगित गरेको घोषणा गरेको छ। यात्रु र विमानस्थलका कर्मचारीहरूको सुरक्षालाई ध्यानमा राख्दै यो निर्णय गरिएको जनाइएको छ।
प्राधिकरणले यात्रुहरूलाई आफ्नो एयरलाइन्ससँग सम्पर्क गरेर नयाँ उडान तालिकाबारे जानकारी लिन आग्रह गरेको छ। साथै हालका लागि विमानस्थलतर्फ यात्रा नगर्न पनि अनुरोध गरिएको छ । एमिरेट्स एयरलाइन्सले पनि दुबई आउने र जाने सबै उडानहरू अस्थायी रूपमा रोकिएको पुष्टि गर्दै यात्रुहरूलाई दुबई अन्तर्राष्ट्रिय विमानस्थल नआउन आग्रह गरेको छ।
क्षेत्रीय तनावका कारण सतर्कता
हाल इरानले अमेरिकी–इजरायली आक्रमणको प्रतिकारस्वरूप खाडी क्षेत्रका केही स्थानलाई लक्षित गरेपछि मध्यपूर्व क्षेत्रमा सुरक्षा अवस्था तनावपूर्ण बनेको छ। यसले संयुक्त अरब इमिरेट्स लगायतका देशहरूमा सुरक्षा सतर्कता बढाइएको छ।
दुबई युरोप जाने धेरै अन्तर्राष्ट्रिय यात्रुहरूको प्रमुख ट्रान्जिट केन्द्र भएकाले धेरै यात्रु प्रभावित भएका छन्।


