CLI

२६.०७ अंकले घट्यो नेप्से, कारोबारमा पनि गिरावट

काठमाडौं । सोमबार नेप्से परिसूचक २६.०७ अंकले घटेको छ । बजार २७९८.८३ अंकमा पुगेरा बन्द भएको छ । यस दिन ३४५ वटा कम्पनीको सेयर कारोबार भएको छ । १ लाख २ हाजर ७५९ पटक्को कारोबार हुँदा ३ करोड ७ लाख ९० हजार कित्ता सेयर खरिदबीक्री भएको छ ।

कारोबार रकम भने ११ अर्ब ९७ करोड ४६ लाख रुपैयाँ पुगेको छ ।  आइतबारको तुलनमा कारोबार रकम २ अर्ब ३५ करोड ५० लाख रुपैयाँले कम हो । आइतबार कारोबार रकम १४ अर्ब ३२ करोड २३ लाख रुपैयाँ थियो ।

सेन्सेटिभ इण्डेक्स ६.३८ अकं घटेको छ भने फ्लोट इण्डेक्स २.०७ र सेन्सेटिभ फ्लोट डण्डेक्स २.१० अंक घटेको छ ।

यस दिन १२ वटा उप समूह घटका छन् भने १ वटा बढेको छ । बैंकिङ १.६१ प्रतिशतले,विकास बैंक ०.८४, वित्त ०.७१, होटल्स तथा पर्यटन समूह ०.२६, जलविद्युत ०.६१, लगानी १.५२, जीवन बीमा ०.९४, लघुवित्त ०.७५, म्युअुचल फण्ड ०.४६ निर्जीवन बीमा ०.४५, अन्य समूह १.०९ र व्यापार समूह ०.२१ प्रतिशतले घटेका छन्। । उत्पादन र प्रशोधन ०.२५ प्रतिशतले बढेका छन् ।

यस दिन ४ स्टकको सेयर १० प्रतिसतले बढेको छ। सालपा विकास बैंक, रिलायन्स स्पिनिङ्ग मिल्स, अप्पर हेवाखोला हाइड्रोपावर कम्पनी र सोलु हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको छ । होटल फरेष्ट इनको सेयरमूल्य ९.९३ प्रतिशत बढेको छ ।

कारोबार रकमका आधारमा यस दिन आँखु खोला जलविद्युत कम्पनी पहिलो स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ६८ करोड ७७ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ। त्यस्तै, नेशनल हाइड्रोपावरको ६६ करोड १४ लाख  रुपैयाँको सेयर कारोबार भएको छ भने अप्पर हेवाखोला हाइड्रोपावर कम्पनीको कारोबार रकम साढे ४१ करोड रुपैयाँ नाघेको छ।

Leave Your Comment

Related News