CLI

आइएमई लाइफद्वारा फागुनमा २ करोड बढीकाे बीमा दावी भुक्तानी

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी बीमितमैत्री बन्दै गएको छ । आम बीमितहरुको हक, हितको लागि सरल र सहज तरिकाले बीमा दावी भुक्तानी दिदैं बीमा क्षेत्रमा नै फरक परिचय बनाउन सफल कम्पनी हो ।

कम्पनीले चालु आर्थिक वर्षको फागुन महिनामा मात्रै विभिन्न स्थानबाट परेका ७० वटा बीमा दावी वापत दुई करोड ३० लाख रुपैयाँ भुक्तानी गरेको छ । कम्पनीले नागरिकहरुको बीमा गराइसकेपश्चात दावी भुक्तानी, ऋण प्रवाह लगायतका सुविधाहरुलाई सहज र व्यवस्थित गर्दै गएको जनाएको छ ।

साथै कम्पनीका विभिन्न शाखा कार्यालयहरुले पनि दावी परेको छोटो समयमा नै अधिकांश बीमितहरुको घरमा गएर दावी भुक्तानी र बीमा जनचेतना फैलाउदै आएका छन् ।

Leave Your Comment

Related News