काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयर बजार बढेको छ । मंगलबार नेप्से परिसूचक १३.५१ अंकले बढेर २८१२.३४ विन्दुमा पुगेर बन्द भएको छ । सेन्सेटिभ इन्डेक्स भने २.१४ अंकले बढेर ४८२.५६ अंकमा पुगेर बन्द भएको हो ।
मंगलबार १३२ वटा कम्पनीको शेयर मूल्य बढ्दा ११३ वटा कम्पनीको शेयर मूल्य घटेको भने १७ वटाको स्थिर रहेको छ । मंगलबार ३४० वटा कम्पनीको ३ करोड ४८ लाख ५२ हजार कित्ता शेयर खरिद बिक्री हुँदा कारोबार रकम १२ अर्ब ३ करोड ४४ लाख पुगेको छ । जुन सोमबारको तुलनामा कारोबार रकम ५ करोड ९८ लाखले बढी हो । सोमबार ११ अर्ब ९७ करोड ४६ लाख करोबार रकम रहेको थियो ।
मंगलबार ६ वटा समूह बढ्दा बाँकी ७ वटा समूह घटेको छ । बैंकिङ १२, विकास बैंक् ३९, जलविद्युत ६०, लगानी ०.६६, उत्पादन र प्रशोधन २९, म्युअुचल फण्ड ०.०८ अंकले बढ्दा वित्त ५, होटल र पर्यटन १३, जीवन बीमा ४३, उत्पादन १४, निर्जीवन बीमा ४, व्यापार ८ र अन्य समूह २ अंकले घटेको छ ।
मंगलबार सबैभन्दा बढी कमाउनेमा रिलायन्स स्पिङ मिल्स , सोलु हाइड्रोपावर र साल्पा विकास बैंकका लगानीकर्ता रहे भने सर्वाधिक गुमाउनेमा एनआइसी एशिया ग्रोथ फण्ड, ग्लोबल आइएमइ समन्नुत योजना र सनराइज म्युचल फण्डका लगानीकर्ता रहे । कारोबार रकमको आधारमा सबैभन्दा बढी रिद्धी पावर कम्पनीको ५६ करोड ३७ लाख, आँखु खोला जलविद्युतको ५१ करोड ७५ लाख र नेशनल हाइड्रोपावरको ४८ करोड ५ लाख कारोबार भएको छ ।


