CLI

अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान

बेइजिङ। चीनले अफगानिस्तान र पाकिस्तानलाई शान्त रहन संयमता अपनाउन, र जति सक्दोे छिटो वार्ता को माध्याम ाबट युद्धविराम गर्ने चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले मङ्गलबार आह्वाहान गरेका छन् ।

हालैको अफगानिस्तान–पाकिस्तान द्वन्द्वका बारेमा पत्रकारहरुसँगको साक्षातकारको क्रममा उनले यस्तो बताए । अफगानिस्तान र पाकिस्तान छिमेकीहरु एक अर्काबाट टाढा रहन नसकिने उल्लेख गर्दै लिनले उनीहरूका समस्या समाधानका लागि संवाद र परामर्श एक मात्र प्रभावकारी उपाय भएको बताए ।

चीनले अफगानिस्तान र पाकिस्तानलाई चिनियाँ कर्मचारी, परियोजना र संस्थाहरूको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेको समेत लिनले पुष्टि गरे।

चीनले तनाव कम गर्न र अफगानिस्तान र पाकिस्तान बीचको सम्बन्ध सुधार गर्न रचनात्मक भूमिका खेल्ने पनि उनले बताए  ।

Leave Your Comment

Related News