काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले विशेष साधारणसभा बोलाएको छ । कम्पनीको चैत ३ गते बसेको सञ्चालक समितिको बैठकले चैत १९ गते बिहीबारका लागि साधारणसभा बोलाएको हो ।
उक्त सभा काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान ९ बजे सुरु हुने छ । उक्त विशेष साधारणसभाले कम्पनीको संस्थापक सेयरको १० प्रतिशत सेयर सर्वसाधारण सेयरमा परिवर्तन गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा नियमनकारी निकायहरूले फेरबदल, थपघट गर्न कुनै सुझाव वा निर्देशन दिएमा वा कुनै भाषिक फेरबदल गर्नु पर्ने भएमा सो अनुसार गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ ।
विशेष साधारणसभा प्रयोजनार्थ कम्पनीले चैत १२ गते बिहीबार सेयर दाखिल खारेज (बूक क्लोज) गर्ने निर्णय गरेको छ । तसर्थ बूक क्लोजको आधारमा नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा चैत ११ गतेसम्म कायम सेयरधनीहरू मात्रै उक्त विशेष साधारणसभामा भाग लिन सक्नेछन् ।


