CLI

युद्धकाबीच इजरायलको सेयर बजार हालसम्मकै उच्च विन्दु नजिक, १ वर्षमा ६४ प्रतिशत बढ्यो

काठमाडौं । मध्यपूर्वमा तनाव चुलिँदै गएको अवस्थामा इजरायलको तेल अवीभ स्टक एक्सचेन्ज अप्रत्याशित रुपमा तीव्र उकालो लागेको छ । इजरायल र इरानबीचको द्वन्द्वका कारण विमानस्थलहरु बन्द र जनजीवन प्रभावित भइरहेका बेला पनि सेयर बजार भने उच्च विन्दुमा पुगेको छ ।
स्टक एक्सचेन्जको मुख्य सूचकांक ‘टीए-१२५’ करिब ४ हजार १०० अंकमा पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब ६४ प्रतिशतले वृद्धि भएको हो । अर्को सूचकाकं टीए ३५ पनि १ वर्षमा ६८ प्रतिशत बढेको छ । सूचकहरु हालसम्म कै उच्च विन्दुको आसपासमा छन् । यससँगै इजरायली मुद्रा शेकेल पनि अमेरिकी डलरको तुलनामा मजबुत बनेको छ ।

विशेषज्ञहरुका अनुसार यो वृद्धि युद्धको असरलाई बेवास्ता गरिएको होइन, बरु युद्धपछि आउने आर्थिक सम्भावनालाई बजारले पहिले नै आँकलन गरिरहेको संकेत हो । वराना क्यापिटलका साझेदार एज्रा गार्डनरले, ‘सेयर बजारले विगत होइन, भविष्यको अपेक्षा देखाउँछ । अहिलेको संकेत के हो भने युद्धपछि इजरायलको अर्थतन्त्र झन् बलियो रुपमा उभिनेछ।’

उनका अनुसार इजरायलले नवप्रवर्तन र प्रविधिको क्षेत्रमा पहिलेदेखि देखाएको क्षमताका कारण आगामी दिनमा अझ ठूलो उपलब्धि हासिल गर्ने अपेक्षा गरिएको छ। युद्धका बाबजुद पनि व्यवसायिक गतिविधि पूर्ण रुपमा रोकिएको छैन । ट्राभिस भ्याप, साउथ भ्यालीका प्रमुख कार्यकारी अधिकृत, भन्छन् कि इजरायली कम्पनीहरु र सरकारी अधिकारीहरुसँगको कुनै पनि बैठक रद्द भएको छैन ।

उनले भने, “त्यहाँका मानिसहरु कठिन भूराजनीतिक परिस्थितिमा छन्, तर पनि उनीहरु राति अबेरसम्म अनलाइन बैठकमा सक्रिय छन् । यसले उनीहरुको प्रतिबद्धता र कामप्रतिको समर्पण देखाउँछ।” विशेषगरी ड्रोन, सेमिकन्डक्टर र रक्षा पूर्वाधारसँग सम्बन्धित कम्पनीहरुमा कामदारहरुको ठूलो हिस्सा सेनामा परिचालन हुँदा पनि उत्पादकत्व घट्नुको सट्टा बढेको बताइएको छ ।

विश्लेषकहरु भन्छन्, यो प्रवृत्ति कोभिड–१९ महामारी पछि विकसित भएको “संकटसँग जुध्ने क्षमता” सँग सम्बन्धित छ । इजरायलको उद्यमशील संस्कृति र प्रविधि क्षेत्रमा बलियो पकडले पनि बजारलाई समर्थन गरेको देखिन्छ । यता, अन्तर्राष्ट्रिय विश्लेषणहरुका अनुसार युद्ध वा संकटका बेला कतिपय देशहरुको सेयर बजार घट्ने भएपनि, यदि लगानीकर्ताहरुलाई दीर्घकालीन स्थिरता र विकासमा विश्वास हुन्छ भने बजार उल्टै बढ्न सक्छ । इजरायलको हालको अवस्था त्यही प्रवृत्तिको उदाहरणको रुपमा हेरिएको इजरायल फोर्बले जनाएको छ।

Leave Your Comment

Related News