CLI

खोटाङको केपिलासगढीमा हेलिकोप्टर दुर्घटना

काठमाडौं ।  खोटाङमा हेलिकोप्टर दुर्घटनामा परेको छ । केपिलासगढी गाउँपालिका-२ खार्ताम्छाको बालाबेसीमा हेलिकोप्टर दुर्घटनामा परेको हो ।

प्रमुख जिल्ला अधिकारी रेखा कँडेलका अनुसार काठमाडौंबाट शव बोकेर गाउँ पुगेको हेलिकोप्टर दुर्घटनामा परेको हो । दुर्घटनामा मानवीय क्षती नभएको बताइएको छ ।

केपिलासगढी गाउँपालिका स्थानीयका अनुसार बारीको डिलमा ल्यान्ड गर्नेक्रममा दुर्घटना भएको हो । एकजनाको खुट्टामा चोट लागेको छ । प्रहरी घटनास्थलमा पुगिसकेको बताइएको छ ।

Leave Your Comment

Related News