CLI

युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनल समीकरण पूरा

काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलको गयराति अन्तिम १६ को खेल सकिएसँगै, क्वाटरफाइनलमा हुने खेल यस प्रकार रहेका छन्। पहिलो लेगको  खेल अप्रिल ८ र अप्रिल ९ मा हुनेछ । दोस्रो लेगका खेलहरू भने अप्रिल १५ र अप्रिल १६ मा खेलिनेछन्।

क्वाटरफाइनलमा स्पेनिस टोली रियल मड्रिडले जर्मन क्लब बायर्न म्युनिखसँग प्रतिस्पर्धा गर्ने भएको छ। क्वाटरफाइनलमा पुग्नका लागि रियल मड्रिडले इंग्लिस क्लब म्यान्चेस्टर सिटीलाई पराजित गरेको थियो भने बायर्नले एट्लान्टालाई हराएको थियो।

त्यस्तै, अप्रिल ८ मा नै हुने दोस्रो खेल भने इंग्लिस क्लब आर्सनल र पोर्चुगिज टोली स्पोर्टिङ सीपीबीच हुने भएको छ। आर्सनलले बायर लेभरकुसनलाई र स्पोर्टिङले बोडो ग्लिम्टलाई हरायो।

यता, अप्रिल ९ मा हुने खेल भने दुवै स्पेनिस क्लब बार्सिलोना र एट्लेटिको मड्रिडबीच हुने भएको छ। बार्सिलोनाले न्युकासल युनाइटेड र एट्लेटिकोले टोटनहम हटस्परलाई हराएको थियो।

अप्रिल ९ मा हुने अर्को खेलमा साविक विजेता फ्रेन्च क्लब पेरिस सेन्ट-जर्मेन (पीएसजी) र इंग्लिस क्लब लिभरपुलबीच प्रतिस्पर्धा हुनेछ। क्वाटरफाइनलमा पुग्नका लागि पीएसजीले चेल्सी र लिभरपुलले गालातासारेलाई पराजित गर्यो।

Leave Your Comment

Related News