CLI

सुन चाँदीको भाउमा भारी गिरावट

काठमाडौं । नेपाली बजारमा शुक्रबार पनि सुन चाँदीको भाउ घटेको छ । यस दिन सुनको मूल्य तोलामा ७ हजार ८०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार बिहीबार एक तोला सुनको मूल्य ३ लाख २ हजार ३०० रुपैयाँ थियो । आज शुक्रबार २ लाख ९४ हजार ५०० रुपैयाँमा झरेको हो । यता, चाँदीको भाउ भने तोलामा ११५ रुपैयाँले घटेर चाँदीको मूल्य ४ हजार ८९५ रुपैयाँ कायम भएको छ ।

Leave Your Comment

Related News