CLI

आज ‘मेरोअटो अटोमोटिभ कनक्लेभ २०८२’ आयोजना हुदैँ

काठमाडौं । अटोमोटिभ्स प्रालिले दोस्रो संस्करणको अटोमोटिभ कनक्लेभ होटल  आयोजना गर्दै छ ।

अटोमोटिभ्स प्रालिका प्रबन्ध निर्देशक हरि गजुरेलले अर्थतन्त्रको मेरुदण्ड अटोमोबाइल क्षेत्रको समग्र पक्ष बारे सरोकारवालाहरू बीच बृहत् छलफल गराउने उद्देश्य कनक्लेभको आयोजना गरेको  जानकारी दिए ।

उनका अनुसार कनक्लेभमा ‘नेपालको अटो सेक्टर आउटलुक : बैंकिङ लगानी र नियामकको भूमिका’ शीर्षकमा प्यानल डिस्कसन हुनेछ । जहाँ अटो क्षेत्रका विद्यमान समस्या, चुनौती, सरकारले लागू गरेका नीति, आगामी योजना, अटो क्षेत्रबाट राज्यले प्राप्त गर्न सक्ने लाभ, ईभीको बढ्दो विस्तार, युरो सिक्स मापदण्डको प्रभाव, बैंकिङ क्षेत्रको भूमिका लगायत विषयमा छलफल हुनेछ ।

कनक्लेभमा प्यानालिष्टको रूपमा नेपाल राष्ट्र बैंकका निर्देशक शुभाषचन्द्र घिमिरे, अर्थ मन्त्रालयका सहसचिव महेश भट्टराई र सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजनबाबु श्रेष्ठ रहेका छन् । कनक्लेभमा मेरोअटोका प्रधान सम्पादक सागर गजुरेल सहजकर्ताको भूमिकामा रहने छन् ।

कनक्लेभमा अर्थ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल राष्ट्र बैंक, यातायात व्यवस्था विभाग, यातायात व्यवसायी, अटोमोबाइल क्षेत्रका विज्ञ लगायत सरोकारवालाको सहभागिता रहने  आयोजकले बताएको छ ।

अटोमोटिभ कनक्लेभ मेरोअटोको आधिकारिक फेसबुक पेज र युट्युबबाट प्रत्यक्ष प्रसारण हुनेछ ।

Leave Your Comment

Related News