CLI

५६ अंक बढ्यो नेप्से, करिब १५ अर्बको औषत कारोबार 

काठमाडौं । यस साता नेप्से परिसूचक बढेर कारोबार भएको छ । साताभरमा नेप्से परिसूचक २ प्रतिशत बढेको हो ।

गत साता २८२०.४४ विन्दुमा बन्द भएको नेप्से यो साता २.०१ प्रतिशत अर्थात ५६.५९ अंक बढेर २८७७.०३ विन्दुमा बन्द भएको छ । यस साता ४ कारोबार दिनका लागि बजार खुलेको थियो । जसमध्ये ३ कारोबार दिन नेप्से बढेको थियो भने १ कारोबार दिन घटेको थियो । यस साता सेन्सेटिभ इण्डेक्स ७.८१ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.८२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.९१ अंक बढेको छ ।

नेप्से बढेसँगै यस साता कारोबार रकम पनि बढेको छ । गत साता दैनिक औषतमा १२ अर्ब ४४ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा १४ अर्ब ८९ करोड रुपैयाँको सेयर किनबेच भएको छ । गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम १९.६३ प्रतिशत बढेको हो । त्यस्तै, यस साता दैनिक औषत सेयर संख्या २३.१९ प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार संख्या १५.२५ प्रतिशत बढेको छ ।

यस साता नेप्सेको कुल बजार पूँजीकरण करिब ३ प्रतिशत बढेको छ । गत साताको अन्तिम कारोबार दिन ४७ खर्ब ४४ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता १ खर्ब ३१ अर्ब रुपैयाँ बढेर ४८ खर्ब ७६ अर्ब रुपैयाँ पुगेको छ । यस साता १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक बढेको छ भने १ उपसमूहको परिसूचक घटेको छ। यस साता विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक ४.५२ प्रतिशत बढेको छ। गत साता ६०४०.१९ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता २७२.७४ अंक बढेर ६३१२.९३ विन्दुमा पुगेको छ । अंकका आधारमा पनि यस साता सोही उपसमूहको परिसूचक सर्वाधिक बढेको हो ।

यस साता म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य घटेको छ । गत साता २१.८७ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ०.२७ प्रतिशत अर्थात ०.०६ अंक घटेर २१.८१ विन्दुमा झरेको हो ।

Leave Your Comment

Related News