CLI

प्रधानमन्त्री शुसिला कार्की द्वारा इद् मुबारकको शुभकामना ब्यक्त

काठमाडौं । प्रधानमन्त्री  शुसिला कार्कीले  मुस्लिम धरमालम०वीकाो चार जना चा रमजानको अबसरमा शुभकामना ब्यक्त गरेकी छन्। उनले आफ्नाो सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै शुभकामना ब्यक्त गरेकी हुन ।
उनले लेखेकी छन् इस्लामिक पात्रोको पवित्र महिना रमजानको लामो व्रतको समापनसँगै आज मनाइँदै गरेको इद्-उल-फित्रको अवसरमा देश-विदेशमा रहनुभएका सम्पूर्ण मुस्लिम दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु।

रमजानको महिनादिन लामो एवं कठिन व्रतले हामीलाई सहनशीलता, सहिष्णुता, त्याग र मानवताप्रतिको समर्पणको सन्देश दिन्छ। त्यही पवित्र महिमाकै कारण रमजानको रोजा बस्ने यस समयलाई सत्कर्म र संयमको महिना पनि भनिएको हो। यी मूल्यहरूले हाम्रो समाजलाई मानवमूल्यको महसुस, सहअस्तित्व र समृद्धिका लागि प्रेरणा प्रदान गर्छन्। इद्-उल-फित्रले आपसी सद्भाव, भाइचारा र एकताको भावना अझ सुदृढ बनाउने विश्वास लिएकी छु।
यस पावन अवसरले सम्पूर्ण नेपालीबीच आपसी सम्मान, सद्भाव र सहकार्यको भावना अभिवृद्धि गर्दै राष्ट्रको समृद्धि र स्थायित्वमा योगदान पुर्‍याओस् भन्ने कामना गर्दछु।
इद् मुबारक!

Leave Your Comment

Related News