CLI

एकै दिन प्रतितोला १२ हजार ५ सयले घट्यो सुनको भाउ

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य एकै दिन प्रतितोला १२ हजार ५ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी ब्यवसायी महांसघका अनुसार सुन प्रतितोला २ लाख ८२ हजार रुपैयाँमा खरिदबीक्री भइरहेको छ । शुक्रबार सुन प्रतितोला २ लाख ९४ हजार ५ सय रुपैयाँ थियो ।

यस दिन चाँदी पनि ३३५ रुपैयँले घटेको छ । चाँदी प्रतितोला ४ हजार ५४० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला ४ हजार ८९५ रुपैयाँ थियो ।

Leave Your Comment

Related News