काठमाडौं । राष्ट्रिय वाणिज्य बैँक लिमिटेडले ग्लोवल मनि विक २०२६ का अवसरमा शुक्रबार स्मार्ट मनि टक्स् कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौं नयाँ बानेश्वरमा अवस्थित रत्न राज्यलक्ष्मी माध्यमिक विद्यालयमा भएको कार्यक्रममा बोल्दै बैँकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले वित्तीय साक्षरता स्कुल तह देखी नै आवश्यक रहेको बताए ।
उनले पैसाको उचित व्यवस्थापन र व्यवस्थित प्रयोगका लागि सचेतना अभिवृद्धि गर्न सके प्रत्येक व्यक्तिले आफुसंग उपलब्ध पैसालाई सदुपयोग गरी त्यसबाट धेरै भन्दा धेरै लाभ लिन सक्ने बताए ।
प्रमुख कार्यकारी अधिकृत खनालले वित्तीय क्षेत्रका विषयमा युवा तथा विद्यार्थीहरुले बढिभन्दा बढि जानकारी राख्नुपर्ने भन्दै यस विषयलाई राष्ट्रिय वाणिज्य बैँकले निरन्तर उठान गर्दै आएको स्पष्ट पारे । खनालले बढ्दो सूचना प्रविधिको प्रयोगसंगै यसले वित्तीय क्षेत्रमा चुनौती पनि थपेको भन्दै यसतर्फ देशव्यापी सचेतनाका कार्यक्रमहरु अगाडी बढाउनुपर्ने तर्क गरे ।
उनले अपरिचित व्यक्ति वा नम्बरबाट आउने फोन वा एसएमएस लगायतका सामाजिक सञ्जालमा आएका लिंकहरु नखोल्न र सित्तैमा कसैले पैसा दिन्छु भन्ने कुरामा विश्वास नगर्न सबैमा अनुरोध गरे ।


