काठमाडौं । प्रभु बैंक लिमिटेडले “Smart Money Talks” मुल नाराका साथ ग्लोबल मनी विक–२०२६ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। कार्यक्रम २०८२ चैत्र ०२ देखि ०८ गतेसम्म देशभरका सातै प्रदेशका विभिन्न स्थानमा सञ्चालन गरिएको थियो।
बैंकले मुलुकभरका २०० भन्दा बढी शाखा मार्फत बालबालिका, विद्यार्थी, महिला र समुदाय लक्षित वित्तीय साक्षरता तथा सचेतनामूलक कार्यक्रम, साथै प्रभातफेरी सञ्चालन गरेको छ। कार्यक्रम अन्तर्गत आधुनिक बैंकिङ्ग, बचत, ऋण, लगानी, विद्युतीय बैंकिङ्ग सेवा, डिजिटल सुरक्षा र सावधानी अपनाउने तरिकाबारे जानकारी दिइएको थियो।
प्रभु बैंकले आफ्ना आधिकारिक सामाजिक सञ्जालमार्फत पनि वित्तीय सचेतना अभिवृद्धि गर्दै आएको छ। यसमा अज्ञात स्रोतबाट लिंक नखोल्ने, संवेदनशील विवरण नशेयर गर्ने, डिजिटल ठगीबाट सुरक्षित रहने विषयमा समेत जानकारी प्रदान गरिएको थियो।
कार्यक्रम संचालन भएका प्रदेश र शाखा विवरण यस प्रकार छन्:
वाग्मती प्रदेश – ४७ शाखा
गण्डकी प्रदेश – ५२ शाखा
लुम्बिनी प्रदेश – १६ शाखा
कोशी प्रदेश – ३९ शाखा
मधेश प्रदेश – २९ शाखा
कर्णली प्रदेश – १४ शाखा
सुदूरपश्चिम प्रदेश – १९ शाखा
बैंकले देशभरका ३१२ शाखा, २८५ एटीएम र ६८ एक्सटेन्सन काउन्टर मार्फत करिब ३६ लाख ग्राहकलाई “विश्वास लिन्छौं, विश्वास दिन्छौं” भन्ने नारासहित गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गर्दै आएको छ। प्रभु बैंकले अत्याधुनिक प्रविधिको प्रयोगमार्फत ग्राहक केन्द्रित सेवा र प्रतिस्पर्धी सेवा विस्तारमा जोड दिइरहेको बताइएको छ।


