CLI

नेकोस जुडोमा पाम र एमएमएसी टिम च्याम्पियन

काठमाडौं । बन्दी सहायता नियोग (पाम) र एमएमएसी नेकोस आठौं अन्तर्राष्ट्रिय जुडो प्रतियोगितामा आइतबार टिम च्याम्पियन बनेका छन् । पाम जुनियर तथा एमएमएसी क्योडटमा च्याम्पियन बनेका हुन् ।

नयाँ बजारस्थित बहुउद्देश्यीय मार्सल आर्ट्स केन्द्र (एमएमएसी) मा भएको प्रतियोगितामा पामले ४ स्वर्ण र १ रजत जित्यो । २ स्वर्णसाथ बंगलादेश क्रिरा शिखा प्रोतिष्ठान दोश्रो तथा १ स्वर्ण र ३ रजतसाथ दाङ जुडो डोजो तेश्रो भए । नेपाल खेलकुद महासंघ (नेकोस) अन्तर्गत राष्ट्रिय जुडो संघ नेपालद्वारा आयोजित प्रतियोगिताको क्याडेटमा टिम च्याम्पियन बनेको एमएमएसीले ६ स्वर्ण, ५ रजत र ८ कांस्य हात पा¥यो । ५ स्वर्ण, ३ रजत र ४ कांस्यसहित पाम दोश्रो भयो । तेश्रो स्थानको पेल्खिल डोजो क्लब, भुटानले ३ स्वर्ण, १ रजत र २ कांस्य प्राप्त ग¥यो । जुनियर क्याडेट दुवैमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १५ हजार, १० हजार र ५ हजारका दरले नगद पुरस्कार पाए ।

बी एन्ड टी ट्रेडिङ कम्पनी लिमिटेड (होकाइडो, जापान) को मुख्य प्रायोजनमा भएको प्रतियोगिताको जुनियर पुरुषमा पामका सविनकुमार दियाली तथा महिलामा बंगलादेशकी फबिहा बुश्रा उत्कृष्ट खेलाडी घोषित भए । क्याडेटको पुरुषमा एमएमएसीका प्रिन्स विक तथा महिलामा पेल्खिल, भुटानकी तान्डिन दोर्जी वाङमो उत्कृष्ट खेलाडी चुनिए । आ–आफ्नो स्पर्धाका स्वर्ण विजेता उत्कृष्ट चारैले जनही ५ हजार नगद पुरस्कार प्राप्त गरे । कविराम घर्ती मगर उत्कृष्ट निर्णायक बने ।

प्रतियोगिताको अन्तिम दिन आइतबारै जुनियरतर्फ ९ स्पर्धाका फाइनल भए । पुरुष ५५ केजीमुनि एमएमएसीका शिव बराइली, ६६ केजीमुनि पामका दिपेश गुरुङ, ८१ केजीमुनि रेशन बस्नेत, ९० केजीमाथि गण्डकी जुडोका विज्ञान टीखत्री, ६० केजीमुनि पामका सविनकुमार दियाली र ७३ केजीमुनि बंगलादेश क्रिराका साहिन अहमदले स्वर्ण जिते । महिला ४४ केजीमुनि पामकी रमा समत, ५२ केजीमुनि पामकै निशा श्रेष्ठ र ७० केजीमाथि बंगलादेश क्रिराकी फबिहा बुश्रा पहिलो भए ।

विजेतालाई त्रिभूवन विश्वविद्यालय खेलकुद विज्ञान विभागका प्रमुख पशुपति अधिकारी, प्रा.डा. रामकृष्ण महर्जन, आयोजक संघका अध्यक्ष धर्मकुमार श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । सो अवसरमा जुडोका संस्थापक मध्येका एक खड्गबहादुर दाहाललाई २५ हजार नगदसहित सम्मान गरिएको थियो ।

Leave Your Comment

Related News