CLI

घट्यो सुनचाँदीको भाउ, प्रतितोला कति ?

काठमाडौं । सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी ब्यवसायी महांसघका अनुसार सुन प्रतितोला ६ हजार ५ सय रुपैयाँले घटेको छ । बजारमा सुन प्रतितोला २ लाख ७५ हजार ७ सय रुपैयामा कारोबार भइरहेको  छ। आइतबार सुन प्रतितोला २ लाख ८२ हजार रुपैयाँ थियो ।

चाँदी पनि ११५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला ४ हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला ४ हजार ५४० रुपैयाँ थियो ।

Leave Your Comment

Related News