CLI

विद्युत् नियमन आयोगबाट पिपुल्स हाइड्रोपावरले पायो हकप्रद सेयर निष्कासनको पूर्वस्वीकृति 

काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनीले हकप्रद सेयर निष्कासनका लागि आवश्यक पूर्वस्वीकृति प्राप्त गरेको छ । विद्युत् नियमन आयोगले गत आइतबार कम्पनीलाई १ः१ अनुपातमा (शतप्रतिशत) हकप्रद सेयर जारी गर्न अनुमति दिएको हो ।

यसअघि कम्पनीको आर्थिक वर्ष २०८१/८२ को वार्षिक साधारणसभाले हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको थियो । सोही निर्णय कार्यान्वयनका लागि कम्पनीले आयोगसमक्ष निवेदन दिएको थियो ।

Leave Your Comment

Related News