CLI

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै संसदीय दलको नेताबारे छलफल हुने

काठमाडौं । संसदमा करिब दुई तिहाई नजिकको हैसियत बनाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेतासम्बन्धी विषयमा निर्णय गर्न  चैत १२ गते बिहीबार पार्टीको केन्द्रीय समितिको बैठक बस्ने भएको छ ।

चैत १२ गते अपराह्न २ बजे प्रतिनिधिसभा सदस्यहरूको शपथ हुँदैछ । शपथ पश्चात रास्वपाले आफ्नो संसदीय दलको नेता चयनसम्बन्धी छलफलका लागि बैठक बोलाएको हो ।

केन्द्रीय समिति बैठक पार्टी सभापति रवि लामिछानेका अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए । सबै केन्द्रीय सदस्यलाई अनिवार्य उपस्थितिका लागि निर्देशन गरिएको बैठकमा स.सदीय दलको नेता छनौट लगायत  विविध विषयमा छलफल हुने बताइएको छ ।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाले प्रतक्ष्यतर्फ १ सय २५ र समानुपातिकतर्फ ५७ सिटमा जीत हासिल गरेको छ ।

रास्वपाले प्रधानमन्त्रीको रुपमा बालेन्द्र शाहलाई अगाडि सारेको छ ।

Leave Your Comment

Related News