काठमाडौं । भाटभटेनी सुपरमार्केट तथा होमाबीच जापानी कस्मेटीक, स्किन केयर तथा हेल्थ केयर प्रोडक्टस्को बिक्री वितरणका लागि सहकार्यको थालनी भएको छ ।
अबदेखी जापानी स्किन केयर तथा कस्मेटिक आयातकर्ता होमा द्वारा नेपाली बजारमा आयात तथा बिक्री वितरण गरिने सम्पूर्ण उत्पादनहरु भाटभटेनी सुपरमार्केटमा उपलब्ध हुने भएका हुन् । होक्काईदो विजनेस ग्रुप नेपाल अन्तर्गतको होमाले सन् २०२३ देखी आधिकारीक रुपमा जापानी कस्मेटीक, स्किन केयर तथा हेल्थ केयर प्रोडक्टस्हरु नेपाली बजारमा भित्र्याएको हो ।
चैत्र १० गतेबाट शुरु गरिएका विभिन्न सचेतनात्मक कार्यक्रमहरुमा सहभागि हुने होमा तथा भाटभटेनीका ग्राहकहरुले होमा बाट विभिन्न अफरहरु, छुट, क्यास कुपन तथा फ्रि गिफ्टस प्राप्त गर्न सकिनेछ । यसका लागि भाटभटेनीमा रहेका होमा सेन्टर तथा भाटभटेनीका कस्टमर सर्भिस डेक्समा ग्राहकहरुले सम्पर्क राख्नु पर्नेछ ।
चैत्र १० गते देखि २० दिनका लागि संचालन हुने यस कार्यक्रममा सहभागी हुने मध्ये १४ जना भाग्यशाली ग्राहक हरेकले ५ हजार बराबरका होमाका उत्पादन जित्न सकिनेछ भने सहभागि हरेक ग्राहकले होमामा प्रयोग गर्न सकिने २० प्रतिशत छुटको गिफ्ट भौचर समेत प्राप्त गर्ने छन् ।
‘नेपाली ग्राहकलाई जापानी उत्पादनको गुणस्तरीयताको अनुभूती दिलाउनु होमाको पहिलो लक्ष्य हो ।’ कम्पनीका अध्यक्ष अर्जुन अधिकारीले भने, ‘लामो समय जापान बसेर त्यहाँका उत्पादनको गुणस्तरीयताको मापदण्ड, त्यसले जापानीजहरुको स्वास्थ्यमा पारेको सकारात्मक प्रभाव बुझेपछी मलाई नेपालमा त्यस्ता प्रिमियम उत्पादन ल्याउन रहर लाग्यो । अनि यो संभव भएको हो ।’ उनले अगाडी भने, ‘होमा नेपाली बजारमा जापानी उत्पादनको आयातकर्ता बन्ने मात्र होईन भविष्यमा जापानी ब्राण्डका लागि नेपाली उत्पादक समेत बनेर निर्यातको लक्ष्य राखेको छ । हामीले नेपालमा हज्जारौं रोजगारी सृजनाको खाका कोरेका छौं । जसको यो शुरुवात हो ।’
२० दिन सम्म चल्ने यो सचेतनामुलक कार्यक्रमले जापानी हेल्थ एण्ड ब्युटी केयर प्रोडक्ट प्रति नेपाली उपभोक्ताको थप चासो विकास हुने अपेक्षा गरिएको छ ।


