CLI

८ महिनामा निर्जीवन बिमा कम्पनीको ३१ अर्ब ७० करोड बिमाशुल्क संकलन

काठमाडौं । निर्जीवन बिमा कम्पनीहरूले २०८२/८३ को ८ महिनामा ३१ अर्ब ७० करोड २३ लाख रुपैयाँको बिमाशुल्क संकलन गरेका छन्।

यस अवधिमा १४ निर्जीवन बिमा कम्पनीहरूले १८ लाख ६२ हजार ११४ वटा बिमालेख बिक्री गर्दै ३१ अर्ब ७० करोड २३ लाख रुपैयाँ बिमाशुल्क संकलन गरेका छन्। फागुनमा मात्र २ लाख ५ हजार ७७८ बिमालेख बिक्री भएका छ।

नेपाल बिमा प्राधिकरणका अनुसार १४ बिमा कम्पनीमध्ये सबैभन्दा बढी शिखर इन्स्योरेन्सले बिमाशुल्क आर्जन गरेको हो। कम्पनीले फागुनसम्म २ लाख ४ हजार ८०३ वटा बिमा बिक्री गर्दै ४ अर्ब ३८ करोड ४४ लाख रुपैयाँको बिमाशुल्क संकलन गरेको छ।

त्यस्तै, दोस्रोमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ३ अर्ब ३६ करोड ८४ लाख बिमाशुल्क आर्जन गर्दा १ लाख ६३ हजार ४२३ वटा बिमा बिक्री गरेको छ। तेस्रोमा, हिमालयन एभरेष्टले २ लाख १० हजार ६३१ बिमालेख बिक्री गर्दै ३ अर्ब २० करोड ८५ लाख रुपैयाँको व्यापार गरेको छ। सिद्धार्थ प्रिमियरले १ लाख ७७ हजार ८२२ वटा बिमालेख जारी गर्दै २ अर्ब ७९ करोड २१ लाख रुपैयाँको बिमा शुल्क संकलन गरेको हो।

यता, ४ लघु बिमाले भने ८ महिनामा ८२ करोड ५८ लाख रुपैयाँ बिमाशुल्क संकलन गरेका छन्। ४ लघु बिमामध्ये पहिलोमा प्रोटेक्टिभ माइक्रोले ८७ हजार ५१७ बिमा बिक्री गर्दै २२ करोड ८० लाख रुपैयाँ बिमा शुल्क संकलन गरेको छ। त्यस्तै, नेपाल माइक्रोले २१ करोड ५० लाख रुपैयाँ र ट्रस्ट माइक्रोले १९ करोड ८६ लाख रुपैयाँको बिमा शुल्क संकलन गरेका छन्। स्टार माइक्रोले भने १८ करोड ४० लाख रुपैयाँ बराबरको बिमा शुल्क संकलन गरेको छ।

Leave Your Comment

Related News