सुर्खेत । भौतिक पूर्वाधार तथा यातायाता एवं वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले भेरी करिडोर सडक आयोजनाको अगुगमन गरेका छन् । उनले जाजरकोटको भेरी नगरपालिका–४ पासागाडको जिरो बिन्दुबाट सुरु भएको भेरी करिडोर सडक आयोजनाको डोल्पाको सदरमुकाम दुनैसम्म पुगेर अनुगमन गरेका हुन् ।
मन्त्री चौलागाईंले सडक निर्माणमा आएका अवरोधका विषयमा त्रिपुरासुन्दरी नगरपालिकामा सरोकारवाला निकायसँग र जिल्ला प्रशासन कार्यालय डोल्पामा छलफल भएको डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमालले जानकारी दिए। सो क्रममा उपल्लो डोल्पाको करिडोरअन्तर्गतपर्ने ल्यासिक्याप–सिसौल सडक नेपाली सेनालाई दिइएको निर्णयका विषयमा छलफल भएको छ।


