काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ४ वटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेसनल लघुवित्त, निर्धन उत्थान, मेरो माइक्रोफाइनान्स र सिंगटी हाइड्रो इनर्जीको बोनस सेयर सूचीकृत भएको हो ।
जसमध्ये, नेसनल लघुवित्तको १८ लाख ९७ हजार ५४२.२५ प्रतिशत बोनस सूचीकृत भएको छ । यस कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई १४.२५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।
यता, सिंगटी हाइड्रोको १४ लाख ५० हजार कित्ता, मेरो माइक्रोफाइनान्सको ६ लाख ४७ हजार २५ कित्ता र निर्धन उत्थानको १३ लाख ६ हजार ३९.८८ कित्ता बोनस सेयर सूचीकृत गरिएको नेप्सेले जनाएको छ ।
यी कम्पनीहरुले गत वर्षको नाफाबाट सेयरधनीलाई क्रमशः ५, ४.७५ र ५ प्रतिशत बोनस सेयर वितरण गरेका थिए । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।


