CLI

 जीवन बीमा कम्पनीहरूले संकलन गरे १ खर्ब २४ अर्ब ७२ करोड बीमाशुल्क

काठमाडौं । जीवन बीमा कम्पनीहरूले आर्थिक वर्ष २०८२/८३ को ८ महिनामा १ खर्ब २४ अर्ब ७२ करोड ५८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। नेपाल बीमा प्राधिकरणका अनुसार १४ जीवन बीमा कम्पनीहरूले १ करोड १५ लाख ४२ हजार ५३४ वटा बीमालेख बिक्री गरी उक्त रकम संकलन गरेका हुन्।

विवरण अनुसार फागुनसम्म सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सले कुल बीमाशुल्क संकलन गरेको छ। कम्पनीले यस अवधिमा १८ लाख ५७ हजार ५०८ वटा बीमालेख बिक्री गर्दै ३२ अर्ब ९७ करोड ५७ लाख रुपैयाँ संकलन गरेको छ।

त्यस्तै, दोस्रो स्थानमा रहेको नेशनल लाइफले १३ लाख १७ हजार ७८८ वटा बीमालेख बिक्री गरी १५ अर्ब २१ लाख रुपैयाँ आर्जन गरेको छ। अन्य कम्पनीहरूमध्ये हिमालयन लाइफले ११ अर्ब ७१ करोड ६२ लाख, राष्ट्रिय जीवन बीमा कम्पनीले ८ अर्ब ७४ करोड ३० लाख र सूर्यज्योति लाइफले ७ अर्ब ४३ करोड ८७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्।

यता ३ लघु बीमामध्ये पहिलो मा क्रेष्ट माईक्रो लाईफ इन्स्योरेन्सले बीमा शुल्क आर्जन गरेका छ । कम्पनीले ७ महिनामा २५ करोड ८८ लाख कुल बीमाशुल्क संकलन गरेको छ  । गार्डियन माईक्रो लाईफ इन्स्योरेन्सले २५ करोड ६१ लाख रुपैयाँ र लिवर्टी माईक्रो लाईफ इन्स्योरेन्सले २० करोड ५९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । ३ लघु बीमाले कुल २३ लाख ६३ हजार ०५० बिमालेख बिक्री गरेको छ

Leave Your Comment

Related News