काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी ब्यवसायी माहंसघका अनुसार सुन प्रतितोला २ हजार ९ सय रुपैयाँले घटेको छ ।
बजारमा सुन प्रतितोला २ लाख ८५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला २ लाख ८८ हजार ५ सय रुपैयाँ थियो ।
यस दिन चाँदी भने ३१५ रुपैयाँले भढेको छ । चाँदी प्रतितोला ४ हजार ८२० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । बुधबार चाँदी प्रतितोला ४ हजार ५०५ रुपैयाँ थियो ।


