CLI

रिज लाइन इनर्जीको कारोबार स्थगित

काठमाडौं ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बिहीबारदेखि कारोबार सुरु भएको रिज लाइन इनर्जी लिमिटेडको कारोबार स्थगित भएको छ । प्राविधिक समस्याका कारण यसको कारोबार स्थगित भएको हो । रिज लाइनको पहिलो कारोबार ३० रुपैयाँमा भएको छ । जबकि,  नेप्सेले यस कम्पनीको पहिलो कारोबारका लागि प्रति कित्ता १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपनिङ रेन्ज तोकेको थियो । तर, स्पेसल प्रि-ओपन सेसनमा ३० रुपैयाँमा १० कित्ता शेयर कारोबार भएको देखिएको छ ।

नेप्सेका अनुसार यो प्राविधिक गडबडीका कारण यस्तो भएको हो ।  चैत ११ गते बुधवार नेप्सेमा सूचीकृत भएको यस कम्पनीको कुल १ करोड १८ लाख ५० हजार कित्ता शेयर दोस्रो बजारमा आएको हो ।  प्राविधिक समस्याका कारण लगानीकर्ताहरूमा अन्योल सिर्जना भए पनि नेप्सेले यसलाई तत्काल सच्याउने तयारी गरेको छ।

Leave Your Comment

Related News