CLI

१४.२१ अंकले बढ्यो नेप्से, घट्यो कारोबार रकम

काठमाडौं । कारोबारको अन्तिम दिन बिहीबार नेप्से परिसूचक १४.२१ अंकले बढेको छ । बजार २९५०.१६ विन्दुमा पुगेरा भन्द भएको छ  ।

यस दिन ३४३ वटा कम्पनीको सेयर कारोबार भएको छ ।१ लाख ४२ हजार ७३४ पटक्को कारोबारमा ३ करोड ४ लाख ३८ हजार कित्ता सेयर खरिदबीक्री भएको हो । कारोबार रकम भने  १३ अर्ब १६ करोड २२ हजार रुपैयाँ पुगेको छ । बुधबारको तुलनामा कारोबार रकम १ अर्ब ९२ करोड ८२ लाख रुपैयाँले घटेको छ । बुधबार कारोबार रकम १५ अर्ब ९ करोड ४ लाख रुपैयाव थियो ।

सेन्सेटिभ इण्डेक्स १.९८ अकं बढेको छ भने फ्लोट इण्डेक्स १.०३ र सेन्सेटिभ फ्लोट डण्डेक्स ०.७२ अंक बढेको छ ।

यस दिन ९ वटा उप समूह बढेका छन् भने ३ वटा घटेका छन् र १ उप समूह स्थिर रहेको छ । बैंकिङ ०.६७ प्रतिशतले,वित्त ०.१७, होटल्स तथा पर्यटन समूह ०.८१, जलविद्युत १.५६, लगानी ०.५१, उत्पादन र प्रशोधन १.५०, लघुवित्त ०.२०,निर्जीवन बीमा ०.४३ र अन्य समूह ०.६५ प्रतिशतले बढेका छन् । विकास बैंक ०.०५ जीवन बीमा ०.०४ र व्यापार समूह २.८४ प्रतिशतले घटेका छन्। म्युअुचल फण्ड स्थिर रहेको छ ।

यस दिन ५ स्टकको सेयर १० प्रतिशतले बछेको छ । यस दिन रिलायन्स स्पिनिङ्ग मिल्स, सुपर खुदी हाइड्रोपावर, होटल फरेष्ट इन, सोलु हाइड्रोपावर र भुजुङ्ग हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको छ । त्यसतै, नेशनल हाइड्रोपावरको र रिडी पावर कम्पनीको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ भने शुभम् पावरको सेयरमूल्य करिब ६ प्रतिशत बढेको छ।

कारोबार रकमका आधारमा यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट पहिलो स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ९४ करोड २९ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ। त्यस्तै,  एसवाई प्यानल नेपालको करिब ७२ करोड रुपैयाँको सयर कारोबार भएको छ भने नेशनल हाइड्रोपावरको कारोबार रकम ४६ करोड रुपैयाँ नाघेको छ।

Leave Your Comment

Related News