काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्स) मा अप्पर हेवाखोला हाइड्रोपावर र चन्द्रागिरी हिल्सको बोनस सेयर सूचीकृत भएको हो ।
जसमध्ये, अप्पर हेवाखोला हाइड्रोपावरको ७ लाख ५० हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ । कम्पनीले गत वर्षको नाफा बाट १५ प्रतिशत बोनस सेयर दिएको थियो ।
यता, चन्द्रागिरी हिल्सको ७ लाख ६७ हजार ०४५.५० कित्ता सेयर सूचिकृत भएको छ । गत वर्ष को नाफा बाट ५ प्रतिशत बोनस सेयर दिएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।


