CLI

नेप्सेमा सूर्यकुण्ड हाइड्रोको सेयर सूचीकृत, ओपनिङ रेन्ज कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूर्यकुण्ड सयेर सूचीकृत भएको छ। बिहीबार नेप्समा कन्पनीको ६८ लाख ९६ हजार ७४४ कित्ता सेयर सूचीकृत भएको हो ।

कम्पनीले सर्वसाधारणमा जारी गरेको १३ लाख ७९ हजार ३५० कित्ता सेयर र संस्थापक  समूहको ५५ लाख १७ हजार ३९४ कित्ता सेयर नेप्सेमा सुचीकृत भएको हो ।

पहिलो कारोबारको लागी नेप्सेले कम्पनीलाई ९४.७७ रुपैयाँदेखि २८४.३१ रुपैयाँसम्मको ओपनिङ रेञ्ज प्रदान गरेको हो ।

सो रेञ्जका आधारमा कम्पनीको पहिलो कारोबार हुनेछ । नेप्सेले कन्पनीलाई ‘SKHEL’ सिम्बोल दिएको छ ।

 

Leave Your Comment

Related News