CLI

रास्वपा संसदीय दलको बैठकः संसदीय पदाधिकारी चयन गर्ने अधिकार पार्टी नेतृत्वलाई

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभामुखलगायत संसदीय पदाधिकारी चयन गर्ने अधिकार पार्टी नेतृत्व र पदाधिकारीहरुलाई दिने निर्णय गरेको छ ।

आज बसेको सो पार्टीको संसदीय दलको बैठकले सभामुख, उपसभामुख, मन्त्रीहरु, पार्टीको मुख्यसचेतक, सचेतकलगायत छनोटका लागि सर्वसम्मतीले उक्त निर्णय गरेको पार्टीका केन्द्रीय सदस्य निशा डाँगीले बैठकले जानकारी दिए ।

यसअघि आजै बसेको पार्टीको केन्द्रीय समितिको बैठकले पार्टीको संसदीय दलको नेतामा बरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई सर्वसम्मतीले चयन गरेको थियो ।

Leave Your Comment

Related News