CLI

विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विभिन्न देशमा बसोबास गर्ने नेपाली मूलका नागरिकलाई नेपालसँग जोड्न कांग्रेसले पहल गर्ने बताएको छ ।

एशोसिएसन अफ नेपाली ओरिजिन(एएनओ)का अध्यक्ष डिल्ली अधिकारी, उपाध्यक्ष बरिष्ठ अधिबक्ता सुशीलकुमार पन्त, महासचिव चूडामणि भट्टराई र बोर्ड अफ ट्रष्टी ओमराज गुरुङसहितको प्रतिनिधिमण्डलसँग आज भएको भेटमा उनले सो कुरा बताए ।

कांग्रेसले आफ्नो चुनावी घोषणा पत्रमा नेपाली मूलका मानिसलाई समेट्ने प्रयास गरेको उनको भनाइ थियो । त्यस अवसरमा एएनकोका अध्यक्ष अधिकारीले नेपालको विकास र समृद्धिका लागि आफ्नै मूलका नागरिकबाट लगानी आकर्षित गर्नुपर्ने र यसका लागि नेपालले नेपाली मूल मैत्री कानून निर्माण गर्नु पर्ने भन्दै कांग्रेसको ध्यानाकर्षण गराएको हो  ।

कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी र नेपाल लोकतान्त्रिक अपाङ्ग महासङ्घका अध्यक्ष माधव चम्लागाईंको समेत सहभागिता रहेको सो छलफलमा एएनओले विश्वका विभिन्न क्षेत्रमा चलिरहेको युद्धका कारण ती क्षेत्रमा बसोबास गरिरहेका मानिसको सुरक्षा र उद्धारका लागि कांग्रेसले पहल गर्न ध्यानाकर्षणसमेत गराएको थियो ।

Leave Your Comment

Related News