CLI

प्रधानमन्त्री सुशीला कार्की राष्ट्रको नाममा सम्बोधन गर्न लाग्दै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले केहीबेरमा राष्ट्रको नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार सम्बोधन आजै सार्वजनिक हुनेछ।

भाद्र २३ र २४ गतेको Gen-Z आन्दोलनपछि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार ढलेको थियो। त्यसपछि नागरिक सरकारको नेतृत्व गर्दै पहिलो प्रधानमन्त्रीको रूपमा सुशीला कार्कीले देशको बागडोर सम्हालेकी थिइन्।

उनको नेतृत्वमा सरकारलाई ६ महिनाभित्र निर्वाचन सम्पन्न गरेर सत्ता हस्तान्तरण गर्ने म्यान्डेट दिइएको थियो। सो अनुसार शान्तिपूर्ण निर्वाचन सम्पन्न भएको छ। निर्वाचनमा रास्वपा पार्टीले करिब दुई तिहाइ सिट जित्दै एकल सरकार बनाउन लागेको छ।

शुक्रबार रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह नयाँ प्रधानमन्त्री बन्दैछन्। त्यसअघि कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी हुन्।

Leave Your Comment

Related News