काठमाडौं । आज चैत १३ गते राम नवमीका दिन राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका बरिष्ट नेता एंव संसदीय दलका नेता बालेन्द्र शाह ( बालेन)ले प्रधानमन्त्रीको रुपमा कार्यभार समाल्ने छन् । आज दिउँसो १२.३४ बजे उनले राष्ट्पति रामचन्द्र पौडेल समक्ष पद तथा गोपनियताको शपथ लिए पश्चात औपचारिक रुपमा प्रधानमन्त्रीको कार्यभार समाल्ने छन् . नेपालको संविधानको धारा ७६ को उपधारा १ अनुसार एकल सरकार गठन हुन लागेको हो । शपथ ग्रहण समारोहमा सहभागी हुन विभिन्न राजनीतिक दल, यहाँस्थित कूटनीतिक नियोगका प्रतिनिधि, नागरिक समाज, उच्च सरकारी अधिकारीलाई आमन्त्रण गरिसकिएको छ । प्रधानमन्त्रीको शपथसँगै मन्त्रीहरूको पनि शपथ गराइने बुझिएको छ ।
गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले १८२ सिटमा जित निकालेको छ । सो दलले बिहिबार मात्रै नेता शाहलाई संसदीय दलको नेता चयन गरिसकेको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेता शाहले झापा क्षेत्र नं ५ बाट ६८ हजार ३४८ मत प्राप्त गरी विजयी भएका थिए। बिहिबार नै प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अजुर्ननरसिंह केसीले सांसदहरूलाई पद तथा गोपनियताको शपथ गराएका छन् ।
नब निर्बाचित प्रधामन्त्रीले १०८ बटुकबा ट स्वस्तिक बाचन र १०८ बौद लामाबाट बौद पाठ गराएर शपथ लिन लागेका हुन् शपथ पश्चात उनी सिधै प्रधामन्त्री तथा मन्त्री परिषद्को कार्यालय सिहदरबार आएर कार्यभार समाल्ने छन् । उनले पहिमो मन्त्री परिषद् बैठक बाट १०० दिनमा गर्ने १०० सुधारका योजना निर्ण गर्ने तयारी रहेको रास्वपा स्रोतले बताएको छ । उनले हिजै मात्र सम्पुर्ण मन्त्रालयका सचिबलाइ पत्राचार गरि १०० दिनमा थप लागत बिना गर्ने १०० कामको सुची पठाउन निर्देशन गरेका थिए ।
प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले वास्तुशात्र अनुसार प्रधानमन्त्री कार्यालयको आसन मिलाएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बालेनले आफ्नो कार्यकक्ष र मन्त्रिपरिषद बैठकको आसन वास्तु अनुसार मिलाएका हुन्।


