काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य ४ हजार ६ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी ब्यवसायी माहंसघका अनुसार सुन प्रिततोला २ लाख ८१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुनको मूल्य २ लाख ८५ हजार ६ सय रुपैयाँमा थियो ।
यता चाँदी पनि १५० रुपैयाँले घटेको छ । बजारमा चाँदी प्रतितोला ४ हजार ६७० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला ४ हजार ८२० रुपैयाँ थियो ।


