काठमाडौं । रास्वपा उपसभापति एव तनहुबाट प्रतिनिधिसभा सदस्यमा निर्बाचित डा. स्वर्णिम वाग्ले अर्थमन्त्री बनेका छन् । नबनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको अर्थमन्त्रीको रुपमा उनले पद तथा गोपनियताको शपथ ग्रहण गर्नेछन् ।नब नियुक्त प्रधानमन्त्रीका शपथ लगत्तै सबै मन्त्रीहरुको शपथ हुनेछ । त्यसपछि पदभार ग्रहणका लागि अर्थमन्त्री डा. वाग्ले मन्त्रालयमा पदभार ग्रहणका लागि आउने कार्यक्रम तय भएको उनको जनसंपक सचिवालयले जनाएको छ । नब नियुक्त अर्थ मन्त्री स्वर्णिम वाग्लेको बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्मा मर्यादाक्रम दोस्रो रहने छ ।
अर्थमन्त्रीमा डा. स्वर्णिम वाग्ले


