CLI

बालेनले लिए प्रधानमन्त्री पदको शपथ

काठमाडौं ।नब नियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रपति रामचन्द्र पौडेबाट प्रधानमन्त्रीको पदको पद तथा गोपनीयताको शपथ लिएका छन । राष्ट्रपति कार्यालय शितल निबासमा आज उनले   पहिलोपटक वैदिक–सनातन परम्परा भल्किने गरी अनुसार  १२ बजेर ३४ मिनेटको शुभ साईतमा पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

उनलाइ राष्ट्रपति रामचन्द्र पौडेलले आजै नेपालको संविधानको धारा ७६ को उपधारा १ बमोजिम  प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । उनले आजै आफ्नो मन्त्री परिषद बिस्तार गर्दैछन् । नवनियुक्त मन्त्रीलाई शपथ खुवाएर आजै उनले आप्नो कार्याभार समाल्न २ बजे सिहदरबा जाने कार्यक्रम रहेको छ ।

उनको शपथ समारोहमा संवैधानिक निकायका प्रमुख, सरकारका विशिष्ट श्रेणीका अधिकृत, सुरक्षा निकायका प्रमुख, यहाँस्थित विभिन्न कूटनीतिक नियोगका पदाधिकारीलगायत उपस्थित थिए ।

गरिएको थियो ।रास्वपा वरिष्ठ नेता शाहलाई बिहीबार सो पार्टीले संसदीय दलका नेतामा सर्वसम्मत चयन गरेको थियो ।

Leave Your Comment

Related News