CLI

नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । बालेन शाह (बालेन्द्र) नेतृत्वको  नयाँ सरकारका मन्त्रीले  पद तथा गोपनीयताको शपथ लिएका छन्  ।

मन्त्रीहरूको सूचीमा अर्थमन्त्रीमा  डा. स्वर्णिम वाग्ले, गृहमन्त्रीमा  सुधन गुरुङ,  परराष्ट्र मन्त्रीमा शिशिर खनालल, सुनिल लम्सालले भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयकाे जिम्मा पाए।स्वास्थ्य तथा जनसंख्या र खानेपानी मन्त्रालयको जिम्मेवारी निशा मेहताले पाएकी छन्। ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रीमा विराजभक्त श्रेष्ठ चयन भएको छ  । त्यसैगरी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको रूपमा प्रतिभा रावल चयन भएकी छन्।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी सोविता गौतमलाई दिइएको छ भने कृषि तथा पशुपक्षी विकास र वन तथा वातावरण मन्त्रीमा गीता चौधरी नियुक्त भएकी छन्। यसका साथै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी सीता वादीले सम्हाल्लेकी छन्।

Leave Your Comment

Related News