काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले मन्त्रालय संख्या घटाएर १६ बनाएको छ । प्रधानमन्त्री शाहले रक्षा र उद्योग/वाणिज्य मन्त्रालय आफैं राखेका छन् भने बाँकी १४ मन्त्रीले सपथ लिएका छन्। केही मन्त्रालयहरू गाभिएका छन्—युवा तथा खेलकुद शिक्षा मन्त्रालयमा, खानेपानी स्वास्थ्य मन्त्रालयमा, वन तथा वातावरण कृषि मन्त्रालयमा, र भूमि व्यवस्था संघीय मामिला मन्त्रालयमा समेटिएको छ।
रास्वपा सरकारको मन्त्रालय पुनर्संरचना: संख्या घटाएर १६ मन्त्रालय


